तुलसीपुर  २६ कात्तिक । तुलसीपुर क्षेत्रमा वामपन्थि व्यापारीहरुको भेलाले वामपन्थी उम्मेदवारहरुलाई जिताउनका लागि सक्रिय भएर लाग्ने वताएका छन् । उनीहरुले वामपन्थीको सरकारले जिते मात्रै उद्योगी र व्यापारीहरुको पेशागत सुरक्षा हुने र मुलुक समृद्धिको वाटोमा हिड्ने भएकाले वामपन्थिहरुलाई विजयी वनाउने निर्णय गरेका हुन् ।

23515967_1634154833316185_9108617_nचुनावी अभियानलाई सघाउनका लागि तुलसीपुरमा चुनावी सभा गर्ने समेत निर्णय गरिएको संयोजक खगेन्द्र पोखे्रलले वताए । उनले तुलसीपुरमा माओवादी केन्द्रका नेता एवम् उपप्रधानमन्त्री कृष्णवहादुर महरा र नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सभालाई सम्बोधन गर्ने समेत जानकारी दिए ।

वामपन्थी गठवन्धनका उम्मेदवारको जित सुनिश्चत गर्नका लागि एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघ र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संघ संयुक्त रुपमा कार्यक्रम गरेर चुनावी अभियानमा लागेको सह संयोजक यज्ञवहादुर केसीले वताए ।