सन्तोष वली
दाङ २६ कार्तिक । नेकपा एमाले दाङका सचिव तथा समुक्त गठबन्धन छेत्र न ३ का प्रभासाली उम्मेदवार हिरा चन्द्र केसीले बामपंथीको कार्यक्रम मा जनता उर्लियको देखेर नेपाली काङ्ग्रेस अत्तालिएको बताउनु भएको छ । सान्तिनगर गाउँपालिका वडा ६ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै के सिले यस्तो धारणा राख्नु भएको हो ।
प्रमुख अथिती समेत रहनु भएका के सि ले नेपाली काङ्ग्रेस लाई जिताउदा पश्चिम दाङको बिकास निर्माण अलपत्र परेको हुदा समग्र बिकास निर्माणको लागि समुक्त बाम गठबन्धन लाई मतदान गर्न आग्रह गर्नु भएको थियो । समुक्त बाम गठबन्धन निर्वाचन परिचालन सयोजक नोकराज पुनको अध्यक्षतामा भएको कार्यक्रम मा माओवादी केन्द्रका नेता सेसुराम भण्डारी लगाएतकाले मन्तव्य ब्यक्त राख्नु भएको थियो । छेत्र न ३ ख का सयोजक चुर्ण बहादुर वलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण टीका राम रिजालले गर्नु भएको थियो ।
