माधव बेल्वासे
चन्द्रौटा, २४ असोज । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगञ्जमा गोवन सर्पको डसाईबाट एक जनाको ज्यान गएको छ । बहादुरगन्जका दुुलारे हरिजनका अन्दाजी ३५ बर्षीय छोरा गंगाराम हरिजनको गोवन सर्पको डसाईबाट ज्यान गएको हो ।
दिउसो घरमा सुतेको समयमा सर्पले टोकेको थाहा पाएपाछि उपचारको लागि गरुसिगेमा रहेको संर्पदंशा उपचार केन्द्रमा लगिएको थियो ।केन्द्रले थप उपचारको लागि वुटवल रिफर गरेकाले लैजादै गर्दा वाटोमा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । हरिजनको बेलुका साढे ५ बजेको समयमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।










