kalakar

असोज २३ दाङ । राप्ती क्षेत्रको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ४ को फाइनलमा १२ जनाले प्रतिष्पर्धा गर्ने भएका छन ।

प्रतियोगिताको बैकल्पिकमा रहेकी सुदीक्षा सिंह र विशिष्ट प्रतिभा घोषित आदर्श योगीलाई पनि उपाधीका लागि प्रतिष्पर्धा गर्ने अवसर दिइएको कार्यक्रम निर्देशक केएल पीडितले जानकारी दिनु भयो । असोज २० गते शुक्रबार घोराहीमा भएको सेमी फाइनल राउण्डबाट फाइनलका लागि १० जना छानिएका थिए ।

kalakar2

थपिएका २ जनासहित स्टार उपाधीका लागि प्रतिष्पर्धा गर्नेहरुमा रिया राना, एलिशा पुन मगर, जेनिसा विस्ट, सुदीक्षा सिंह, मनिषा थापा, चाँदनी जीएम, यमुना कुवँर, संहिता अधिकारी, आदर्श योगी, प्रेक्षा रेग्मी, सुष्मा बिक र सन्ध्या पाण्डे रहेका छन् ।

उत्सर्ग फिल्मस् नेपाल आयोजक रहेको उत्सर्ग डान्सिङ स्टार ४ को विजेतालाई ५० हजार नगदसहित ट्रफी, मेडलसहित विशेष उपहार प्रदान गरिनेछ । साथै प्रतियोगिताका उत्कृष्ट ५ जनालाई चलचित्र एवं म्यूजिक भिडियोमा खेल्ने अवसर दिइने भएको छ ।