घोराही, १८ भदौ । दाङका एक गाडी चालक मृत फेला परेका छन् । बंगलाचुली गाउँपालिका वडा नं. ५ का अगिराम घर्ती आफुले चलाउदै आएको रा १ त २२०५ नम्बरको टेक्टरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घर्ती घोराही उपमहानगरपालिका १८ मा रहेको पुर्कोट दह पेट्रोल पम्प नजिकै घर्तीले चलाउँदै आएको उक्त ट्रेक्टरको सिटमा आइतवार मृत फेला परेको जिल्ला प्रहरीले जनाएको छ । पोष्टमार्टमको लागि शव राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा राखिएको छ ।











