बारा, १८ भदौ । वाराका काग्रेस नगर सभापतिसहित २७० जना नेकपा माओावदी केन्द्रमा प्रवेश गरेका छन् ।

prachandaकोल्हबी नगरमा आयोजित जनसभामा नेपाली कांग्रेसका नगर सभापति मञ्जुदेवी चौधरीसहित २७० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कार्यक्रममा कांग्रेस, एमालेलगायतका पार्टी परित्याग गरी उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सभामा केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनीहरुलाई फुलमालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।