काठमाडौं, ३० साउन । चारदिन देखि लगातार परिरहेको वर्षातका कारण जनजीवन अस्तव्यस्त छ । करीव ७५ जनाले ज्यान गमाइसकेका छन् भने सयौं वेपत्ता छन् । हजारौं विस्थापित छन् ।

duban111वाढीले मानवीय क्षति गर्यो नै वर्षभरी खाने धानखेतीमा पनि ठूलो क्षति पु¥याएको छ । तराईका जिल्लामा लगाएको करीव ८० प्रतिशत धानखेती वाढीले डुवाएको छ ।

कृषि विकास मन्त्रालयका अनुसार वारा, पर्सा, रौतहट, सर्लाही, धनुसा, मोहतरीलगातका जिल्लामा ठूलो परिमानमा धानखेती डुमानमा परेको छ । यी जिल्लाहरुमा गरी एक लाख ७१ हजार हेकटर क्षेत्रफलमा लगाएको धानवाली वाढीले डुवाएको मन्त्रालयको तथ्याङमा उल्लेख छ । वर्षात अझै नरोकिएकाले थप २० प्रतिशत धानखेती पनि डुवानमा पर्ने खतरामा रहेको मन्त्रालयले जनाएको छ ।