इन्द्रेणी संवाददाता
मकवानपुर, ३१ भदौ । कीर्ते कागजजातका आधारमा सरुवा हुने तीन स्वास्थ्यकर्मी प्रहरी फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली (किर्ते) कागजातका आधारमा सरुवा भएको आशंकामा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिरा श्रेष्ठ, सर्लाही सरुवा भएका अहेव दिनेशप्रसाद साह र पर्सा सरुवा भएका हेल्थ असिस्टेन्टा राजकिशोर यादबलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

6046doctor_and_patientमध्यमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले असार र भदौ महिनाको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्दा कीर्ते कागजातमा सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कीर्ते कागजातका आधारमा सरुवा भएको आशंकामा प्रहरीले पक्राउ गरेका तीनै जनालाई क्षेत्रीय निर्देशनालय हेटौडाले हिजो नै कार्यालयमा बोलाएको थियो । क्षेत्रीय निर्देशनालयको प्रारम्भिक अनुमानमा ३१ जना कर्मचारी कीर्ते कागजातका आधारमा सरुवा भएको आशंका गरेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. रमेशविक्रम सिंहले अरु पनि कर्मचारीको कीर्ते कागजमा सरुवा भएको हुनसक्ने र यसमा ठूलो गिरोहको संलग्नता रहेको हुनसक्ने बताए ।