लक्ष्मण रसाइली
कतार, २८ भदौं । दोहा साउदी अरबमा बिगत ६ बर्ष देखि बन्दी जीवन विताई रहेकी एक नेपाली चेलिको उद्धार गरिएको छ । वन्दी जीवन विताई रहेकी नेपाली चेलीको जनप्रगतिशिल मोर्चा र नेपाली दूतावास साउदी द्वारा उद्धार गरिएको हो ।
स्वीकृती बिना दलाल मार्फत भारतवाट साउदी अरब पुगेकि नवलपरासी देउराली जुकेपानीकि दिपिका राना (रुपा दमाई,सिन्धुपाल्चोक) पासपोर्टको नाम भएकी भारत हुँदै साउदी अरब पुगेकी रानाको उद्धार गरि नेपाल फर्काईएको छ ।
रानालाई जनप्रगतिशिल मोर्चा र नेपाली दूतावास साउदीद्धारा उद्धार गरि नेपाल फर्काईएको छ। उनी ६ बर्ष देखि साउदी अरवमा एउटा घरमा बन्दी वनाईएकी थिईन् । उनलाई मोर्चा र दुतावासको संयुक्त पहलमा उद्धार गरि नेपाल फर्काएको मोर्चाका महासचिव युवराज कार्कीले जानकारी दिए ।।











