बेलायत २८ भदौ । बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुनले सांसद पदबाट पनि राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएको करिब दुई महिनापछि उहाँले सांसद पदबाट समेत राजीनामा दिनुभएको हो ।
उहाले बेलायत युरोपेली युनियनमा रहने कि नरहनेबारे भएको जनमत संग्रहको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँ बेलायत युरोपेली युनियनमै रहनुपर्ने पक्षमा हुनुहुन्थ्यो भने जनमत संग्रहको नतिजा युरोपेली युनियनबाट बेलायत बाहिरिनुपर्ने पक्षमा आएको थियो । क्यामरुन सन् २०१० देखि २०१६ सम्म बेलायतको प्रधानमन्त्री रहनुभयो । उहाँले सांसद पदबाट राजीनामा दिने घोषणा गर्दै आफू सक्रिय राजनीतिबाट केही समय टाढा रहन चाहेको बताउनुभएको छ ।
