काठमाडौँ, ३२ साउन । अब संसदले प्रधानमन्त्री संग सिधा प्रश्न सोध्ने ब्यबस्था कार्यान्वायनको तयारी भएको छ । व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीले संसद्को कार्यसञ्चालन नियमावलीको नयाँ प्रावधानअनुसार संसद्मा प्रधानमन्त्रीसँग सांसदले सिधा प्रश्न सोध्ने व्यवस्था कार्यान्वयनको तयारी गर्नुभएको हो ।
सभामुख घर्तीले यो ब्यबस्थालाई चाँडै कार्यान्वायनमा ल्याउने बताउनुभएको छ ।
अघिल्लो सरकारका प्रधानमन्त्री र मन्त्रीलाई उक्त विषयमा जानकारी गराएको अवस्थामा नयाँ सरकार गठनका भएका कारण नियमावलीको उक्त व्यवस्था कार्यान्वयनमा ढिलाइ भएको उहाँको भनाइ छ ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालसँग परामर्श गरेर प्रक्रिया चाँडै सुरुवात गर्ने बताउनुभयो ।
