कुसुम बि.क. / बर्दिया

बर्दियामा ट्वाईलेटको सेप्टी ट्याङकी निमार्ण गरी सेटिङ मिलाइ साम्रागि निकाल्दा २ जनाको ज्यान गएको छ । बर्दिया जिल्ला गुलरिया नगर पालिका वडा ८ स्थित बिष्णु सुनारको घर पछाडि रहेको नया सेप्टी ट्वाईलेटको ट्याङकी नया निमार्ण गरी सेटिङ सामान निकाल्दा बेहोस भएका बर्दिया धधवार गाविस वडा न .८ विजयनगरका  ४१ बर्षिय गणेश थारु र सोही गाविसका ३९ वर्षिय चुकेन्दर थारु काम गर्ने क्रक्रमा बेहोस भएका थिए ।

hatya

काम गर्ने क्रक्रमा बेहोस भएका कामदारलाई उद्वार गर्न जिल्ला प्रहरी कार्यालयमा जानकारी स्थानियबासीले गराएपछि  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहराको कमाण्डमा प्रहरी टोली उक्त स्थानमा गई उनीहरुको उद्वार गरेको बताइएको छ । बेहोस भएका दुवै जनालाई  जिल्ला अस्पताल गुलरिया मा उपचारको लागि ल्याएको र दुवै ज्यानको उपचारको क्रक्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनु भएको छ ।