इन्द्रेणी संवाददाता
दाङ, १० चैत्र
गत वैशाख १२ गते गएको बिनाशकारी भुकम्पको सम्झनामा दाङमा भुकम्प स्मृति दिबस मनाईने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षतामा बसेको बैठकले भुकम्पको सम्झना स्वरुप कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सोहि क्रममा बैशाख १२ गते भुकम्प प्रतिरोधी भबनको नमुना सार्बजनीक गरिने दाङका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो । पर्सि १२ गते विहान ११ बजे घोराहि नगरपालीकाको सभाहलमा कार्यक्रमको आयोजना गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बुढाथोकिले कार्यक्रममा उपस्थितीका लागी सबै सरोकारवाला निकाय कार्यालयका प्रतिनीनिधी, नागरिक समाज सबैलाई आग्रह गर्नुभएको छ । यसैबिच गत बर्ष बैशाख १२ गते भुकम्प गएको समय ११ बजेर ५६ मिनेटमा जिल्ला बासी सबैलाई एक मिनेट काम रोकि मौनधारण गर्न आग्रह गरिएको छ ।।