काठमाण्डौ, ३१ साउन
शिवभक्तहरुले साउने सोमबारको व्रत आज समाप्त गरेका छन् । साउन महिनाको हरेक सोमबार व्रत बस्ने र शिवको पूजा अर्चना गर्ने धार्मिक परम्परा छ ।
आज साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपति लगायतका शिव मन्दिर र तीर्थस्थलहरुमा व्रतालुहरुको बिहानैदेखि घुइँचो थियो ।
साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरी बेलपत्र, दूध र गंगाजल शिव मन्दिरमा चढाउने गरिन्छ ।
हामी पशुपति मन्दिर परिसरमा पुग्दा व्रतालु भक्तजनहरुको निकै भीड थियो ।।
