इटहरी, ३१ साउन
स्वीकृति नलिइकन वैदेशिक रोजगारमा पठाउन खोज्ने इटहरीका सात जनालाई वैदेशिक रोजगार विभागको टोलीले पक्राउ गरेको छ । वैदेशिक रोजगार विभागको पत्र बिनानै विदेश लैजानका लागि अन्तर्वार्ता लिँदै गरेका र दर्ता बिना वैदेशिक रोजगारीको काम गर्दै आएकालाई ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीसहित विभागको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट वैदेशिक रोजगारीमा लैजान्छु भनेर लिइएका २५ थान पासर्पोर्ट, फोटोहरु र अन्य कागजात समेत बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा इटहरी–१६ का चन्द्रेश्वर चौधरी, मोरङ्को सुन्दरदुलारी–७ का पुरण चौधरी र श्रीलंकाली नागरिक अमिला अलाहाकुन रहेका छन् । म्यानपावर कम्पनी नखोलेका उनीहरु इटहरीको बिजुली अफिस छेउमा रहेको एक ट्रेनिङ् इस्टिच्युटमा अवैधानिक रुपमा विदेश पठाईदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका बेला पक्राउ परेका हुन् । उनीहरुले ७० जनासँग अन्तर्वार्ता लिइएका थिए ।

arrest-1 इलाका प्रहरी कायालय इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले ती व्यक्तिले २७ जनालाई अन्तर्वार्तामा पास गराई हरेकसँग ३ लाख ५० हजार लिइएका थिए । पक्राउ परेकहरुले युवाहरुलाई वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिकामा राम्रो रोजगारीको लागि पठाउने आश्वासन दिँदै आएका थिए । त्यसैगरी युवालाई अवैध तवरले विदेश पठाउन खोज्ने चार जना पूर्व एजेन्टलाई पनि प्रहरीले इटहरीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी–१९ का गंगाबहादुर निरौला, केशब गिरी, सुनसरी भरौल– ५ का रमेश विष्ट र मोरङ्को इटहरा–७ का शिवप्रसाद आचार्य रहेका छन् ।।