दाङ, ३१ साउन
दाङको रामपुर र लक्ष्मीपुर गाविसमा रहेका तीन दर्जन बढी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो साधारणसभा भदौभित्रमा गरिसक्ने निर्णय गरेका छन । सामुदायिक वन उपभोक्ता महासंघ सुनपुर इलाका महासंघको रामपुरमा सम्पन्न रेञ्जपोष्ट स्तरीय भेलाले लेखापरिक्षण गरी सवै वन समूहहरुले भदौभित्र आफ्नो साधारणसभा गरिसक्ने निर्णय गरेको हो । रामपुर र लक्ष्मीपुर गाविसमा रहेका ३६ वटा वन समूहका अध्यक्षहरु, इलाका महासंघका पदाधिकारी सहित सदस्यहरुको भेलाले साधारणसभा गरी सम्वन्धित कागजात सरोकारवाला निकायमा पठाउने निर्णय पनि गरेका छन ।featureसुनपुर इलाका महासंघका अध्यक्ष दामोदर शर्माको सभापतित्व एंव वन महासंघ दाङका सचिव हेमराज शर्माको प्रमुख आतिथ्यतामा भेला भएको थियो । भेलामा सवै वन समूहहरुले गत आर्थिक बर्षमा गरेका गतिबिधिबारे वन समूहका अध्यक्षहरुले जानकारी गराएका थिए । भेलाले इलाका महासंघका सवै समूहहरुको लेखापरिक्षणकालागि लेखापरिक्षक पनि नियुक्त गरेको छ । भेलामा वन महासंघका जिल्ला सदस्य खिमा अधिकारी, इलाका महासंघका महासचिव पार्वता सुवेदी, सचिव निर्मलकुमार शर्मा, कोषाध्यक्ष खिमा सुवेदी, वन सहजकर्ता कुसुम गौतम लगायतकाले बोल्नु भएको थियो ।।

((