काठमाण्डौ, १० बैशाख
आज कम्युनिष्ट पार्टीको स्थापना दिवस, नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरि मनाइँदै छन । आज यो दिवस नेपालमा रहेका विभिन्न कम्युनिस्ट पार्टीहरुले बेग्लाबेग्लै मनाउँदैछन् । नेपालका प्रमुख कम्युनिस्ट शक्ति नेकपा एमालेले काठमाण्डुको रााष्ट्रिय सभागृहममा औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँने भएको छ ।
कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका पदाधिकारीहरु सहभागी हुँदैछन् । त्यस्तै एकीकृत नेकपा माओवादीले दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी कार्यालयमा कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँने भएको छ ।
लेनिनको जन्मदिन पारेर २००६ साल वैशाख १० गते नेपालमा पुष्पलाल प्रधानको नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । स्थापनाको ६ दशकमा नेपालका कम्युनिस्ट पार्टी धेरै वटामा विभाजित भएका छन् । सबै कम्युनिस्ट पार्टीहरुले आफैलाई मूलधार भन्ने गरेका छन् ।
६७ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि उहाँको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो ।।