रोल्पा, १० बैशाख
सडक अस्तव्यस्त हुँदा रोल्पाको सदरमुकाम लिवाङ वजार अव्यवस्थित वनेको छ । वजार क्षेत्रभित्र पर्ने मुख्य चोकमा दैनिक सैयौ सवारी साधन आवतजावत गर्ने भएपनि सडकको अवस्था भने निकै नाजुक छ ।
वजार क्षेत्र अस्तव्यस्त वन्दा पनि कुनै निकायको ध्यान जान नसकेको वजारवासीको गुनासो छ ।
शिवालय मन्दिरदेखि टुडिखेलसम्मको एक सय मिटर लामो सडक कालोपत्रे गरेको केहि समयमै उप्किएपनि त्यसको पुन निर्मामा कसैले चासो दिएका छैनन । कालोपत्रे गरेको केहि समयमै कालोपत्रे उप्किएर कच्ची सडकमा परिणत भएको छ ।
साँघुरो र कच्ची सडकले प्यपार व्यवसाय र स्वास्थ्यमा प्रतिकुल असर परेको व्यापारी लाल वहादुर रोकाको भनाइ छ । रोल्पा प्युठान सडक डिभिज कार्यालय चकचके प्युठानले उक्त वाटो मर्मतका लागी पहल गर्ने भनी आसवासन मात्र दिएको स्थानीयको आरोप छ ।।





