नेपालगन्ज, ३० साउन
लागुऔषध दुब्र्यसनका बिरुद्धको अभियान्ता नयनराज रावलको निधन भएको छ । अभियान्ताको रुपमा नेपालगन्जमा कार्यरत शुक्रबार राती घरमा करेन्ट लागेर रावलको निधन भएको हो ।
रिकभरिगं नेपाल र चेन्ज टिम मार्फत रावलले नेपालगन्जमा रावलले लागुऔषधमा फसेका युवाहरुलाई उपचार गर्ने र युवा पुस्तालाई लागुऔषधमा फस्न नदिन अभियान चलाउदै आएको रिकभरिगं नेपालका क्षेत्रीय सदस्य प्रबिण बिसीले जानकारी दिएका छन् ।
उनको निधनले लागुऔषध दुब्र्यसनका बिरुद्ध अभियान चलाइरहेका अभियान्ताहरुलाई दुःखी बनाएको छ ।
अभियान्ताहरुले अभिभावक गुमाएको महसुस गरेका छन् । नेपालगन्ज १३ निवासी रावलको ४३ बर्षको उमेरमै निधन भएको हो । उनी एक दशकदेखि सामाजिक काममा सक्रिय थिए ।।
