इन्द्रेणी संवाददाता
रोल्पा, श्रावण ३० । साहित्यकार गोकर्ण पुनमगरको शनिबार लिबाङमा एकल रचना वाचन गरेका छन् । ललित साहित्य परिषद्ले आयोजना गर्दै आएको ‘एकल रचना वाचन’ कार्यक्रमको २६ औं श्रृंखलामा उनले आफ्ना २ दर्जन कविताहरु सुनाएका हुन् ।Gokarna Pic (1)

कविताबाट रचना वाचन गरेका पुनमगरले गजल, मुक्तक र गीतहरु सुनाएका थिए । उनले ८ वटा कविता, ५ वटा मुक्तक ८ वटा गजल र ३ वटा गीत सुनाएको कार्यक्रम समीक्षक चाङ चिरागले बताए । पुनमगरले वाचन गरेका कविताहरु समसामयिक, गजल, मुक्तक र गीतहरुमा श्रृंगारिकता बढी रहेको समेत समीक्षक चिरागले बतए ।

कार्यक्रममा एकल रचना वाचक पुनमगरको व्यक्तित्वमाथि साहित्यकार केवी विरहीले प्रकाश पारेकी थिइन् । खेमराज गाउँलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता ओम केसीले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव नवीन लोचनमगरले गरेका थिए ।।