देउखुरी, ३० साउन
देउखुरीको गढवामा मादक पदार्थ सेवन र बेचबिखनमा कडाई गरिने भएको छ । प्रहरी, महिला अधिकारकर्मी र सरोकारलाहरु मादक पदार्थ सेवन र वेचविखनले गाउँमा नकारात्मक असर पर्ने भन्दै यस्तो निश्कर्षमा पुगेका हुन । नेपाल प्रहरीको प्रहरी मेरो साथी अभियान र साथि संस्थाको सहयोगमा सीसा नेपालद्वारा संचालित घरेलुहिंसा र कानुनि प्राबधान बिषयक अन्र्तर्किया कार्यक्रममा सहभागीहरु अव गाविसमा जाँड रक्सी सेवन गर्न र वेचविखन गर्न नदिने निश्कर्षमा पुगेको सीसा नेपालका सामाजिक परिचालक राधा यादवले जानकारी दिनुभयो ।DSC_0622

अधिकांश घरेलु हिंसा र लैगिंक हिंसा मादक पदार्थ सेवनकै कारणले हुने भन्दै उनीहरुले समाजमा हुने जघन्य अपराधहरु नियन्त्रणका लागी यो अभियान थालनी गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा मदिराजन्य पदार्थको प्रयोग, बिक्रि, बितरण र कानुनी प्राबधानहरुको बिषयमा प्रशिक्षण समेत दिइएको थियो ।

गढवा गाविसस्तरीय महिला संजालका संयोजक सुसिला सिंह ठकुरीको अध्यक्षता एवं ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव निरिक्षक देवराज ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुलाई प्रहरी मेरो साथि कार्यक्रम अन्तर्गत प्रहरी सहायक निरिक्षक भुपेन्द्र बहादुर शाहीले लागु औषध र घरेलु हिँसावारे प्रशिक्षण दिनुभएको थियो ।।