काठमाण्डौ, ३० साउन
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा भोलि चीन जानुहुने भएको छ । महरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश दूतका रुपमा चीन जान लाग्नु भएको वताइएको छ ।  यसबारे जानकारी दिन अर्थमन्त्री महराले पत्रकार सम्मेलन गर्ने तयारी गर्नुभएको छ ।

krishna-maharaसरकारले हालै मात्र प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरालाई चीन र निधिलाई भारत पठाउने निर्णय गरेको थियो ।
चीन भ्रमणका क्रममा अर्थमन्त्री महराले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे सम्वद्ध अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति आगामी असोजमा नेपाल आउने तयारीमा छन् ।।