इन्द्रेणी संवाददाता
दाङ, ३० साउन
दाङमा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । तुलसीपुर नगरपालिका १९ जसपुरको क्वाङखोलामा डुवेर जसपुरको गैरा निवासी ७३ बर्षीय उदिराम विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । विकको क्वाङखोला तर्ने क्रममा डुवेर मृत्यु भएको जसपुर प्रहरी चौकीका प्रमुख रामप्रसाद चौलागाँईले जानकारी दिनुभयो ।khola

असई चौलागाँईका अनुसार विकको मानसिक सन्तुलन ठीक नभएको वताइएको छ ।

राति घरवाट निस्केका विक आज खोलामा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।