दाङ, ३० साउन
इलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । तुलसीपुरको ‘क’ लाईन स्थित गंगा लक्ष्मी मिनी मार्केटको न्यू नेपाल सुनचाँदी पसलवाट शुक्रवार दिउँसो तुलसीपुरकै सरिता वली डाँगीको सुन र नगदसहितको झोला चोरी गरेको अभियोगमा प्रहरीले रुकुम खारा ४ खाराका २३ वर्षीय आशिष परियारलाई पक्राउ गरेको हो ।arrest-1

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सञ्तोष रोकाका अनुसार पक्राउ परेका परियारले आँफूले सुनका गरगहना र नगदसहितको झोला चोरी गरेको स्विकार गरेका छन ।

सरिता वली डाँगीले नगद र गरगहना सहित एकलाख रुँपैया वरावरको धनमाल चोरी भएको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले सीसीक्यामेराको फूटेज झिकाएर अनुसन्धान सुरु गरेको थियो ।

उक्त फूटेजमा झोला चोर्दै गरेका युवक चेकसर्टमा स्पष्ट देखिएपछि प्रहरीले परियारको खोजी सुरु गर्दा पक्राउ परेको प्रहरीले बताएको छ ।।