सन्तोष दहित/दाङ
घोराही, २९ साउन । दाङ सदरमुकामा रहेको राप्तीको ठुलो अस्पताल राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा प्रसुति सेवा गराउनेको संख्या बढिरहेको छ । यस आर्थिक वर्ष ०७२/०७३ मा ३ हजार ६ सय २५ जनाले प्रसुति सेवा लिएकाछन् । जसमध्ये ३ हजार ६ सय ४७ जना शिशु जन्मिएको राप्ती उपक्षेत्रिय अस्पताल दाङका मेडिकल रेर्कड अधिकृत अब्दुल मारुफ खाँले जानकारी दिए ।

Rapti-Hospitalअस्पताल अधिृकत खाँको अनुसार साउनमा ३ सय ७२, भदौमा ३ सय ५३, असोजमा ३ सय ९, कार्तिकमा २ सय ४९, मंसिरमा २ सय ८५, पौसमा ३ सय ५ शिशु जन्मेकाथिए । यसैगरि  माघमा २ सय ८३, फागुनमा १ सय ९१, चैतमा २ सय ७३, बैशाखमा २ सय ६३ र जेठमा ३ सय ७ र असारमा ३ सय ३५ शिशु जन्मेका थिए ।  त्यहि मध्य २२ जना जुम्ल्याहा शिुश जन्मेको उनले बताए ।

अस्पताल अधिकृत खाँका अनुसार ८६ शिशु आमाको पेटबाट मृत अवस्थामा निकालिएको थियो । आमाकै पेटमा मृत रहेका शिशुलाई अप्रेशन गरेर निकालिएको उनले बताए । तर, आमाको भने मृत्यु भएको छनै । उनका अनुसार २ हजार ८ सय ६ जना शिशलाई सामन्य तारिकाले जन्माएको छ ।  ५ सय ५० शिशुलाई अप्रेशन गरेर, २ सय ९१ शिशुलाई जटिल प्रसुतिबाट शिशु जन्मिएकाछन् । राप्तीको दाङ, रोल्पा, सल्यान, प्यूठान र रुकुमबाट प्रसुति गराउन आउने गरेको खाँले जानकारी दिए । सवैभन्दा बढि दाङकै रहेको उनले बताए ।

त्यसैगरि अस्पतालमा आएका ३७ प्रसुतिलाई जिल्लाको छिमेकि भेरी अस्पताल र कोहलपुर मेडिकलमा रिफर गरिएको अस्पताल अधिकृत खाँले जानकारी दिए । अस्पतालमा सहज तरिकाले प्रसुति गर्ने सुविधा हुदा हुदैपनि सेवाग्राहिहरुले आफु आत्तिने गरेकोले यतिको संख्यामा रिफर गरिको उनले बताए ।

पछिल्लो चरणमा जिल्लामा प्रभावकारी  ढंगले प्रस्तुति सेवा दिनथालेपछि अस्पतालमा प्रसूति गराउन आउनेको संख्या बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। जनार्दन पन्थिले बताए । ‘आफुहरुले सकेसम्म छिटो सहजतारिकाले प्रसुति सेवा दिदै आइरहेका छौ, उनले भने–‘त्यहिभएर पहिला भन्दा अहिले यस अस्पतालमा प्रसुति सेवा गराउन आउनेको संख्या वढिरहेको छ ।’ ‘अहिलेपनि प्रसुति सेवा गराउने ठाउँ प्याक छ, डा। पन्थिले भने ।