दाङ, २९ साउन
एकिकृत अखिल नेपाल शिक्षक संगठनको ५ नं. प्रदेश स्तरिय एकता भेला आज शनिवार दाङको घोराहीमा सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन, विद्रोहीबीच एकता भएको हो । बृह शिक्षक एकता, रुपान्तरण तथा विजय अभियान भन्ने मुल नाराका साथ एकता भेला भएको हो ।kk५ नं प्रदेश अन्र्तगतका १२ जिल्लावाट ५ सय बढी शिक्षकको सहभागितामा पुर्वघोषित समितिका पदाधिकारीलाई एकता भेलावाट पारित गरिएको थियो ।

संगठनको नामाकरण, पदाधिकारी चयन कार्यक्रम भने यसभन्दा पहिले भएको केन्द्रिय समितिको एकता भेलाले टुङ्ग्याई सकेको थियो ।

प्रदेश इन्चार्ज कृष्ण बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै संगठनका केन्द्रिय अध्यक्ष भोला सापकोटाले शिक्षकहरु राष्ट्रका बलिया खम्वा भएकाले संविधान कार्यान्वयनमा पनि दृढ विश्वास लिएर अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

उहाँले शिक्षकहरु उत्पादनशिल कार्यमा निरन्तर लागिरहेको बताउँदै कम्युनिष्ट आदर्शमा केन्द्रित भई वाँकी क्रान्तिका सपनाहरु बाँड्ने काम पनि गर्नुपर्ने बताउनुभयो ।।