तुलसीपुर, २९ साउन
परिर्वतन कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर १ गोटिखोलाको ७ औँ बार्षिक साधरण सभा आज त्यहा सम्पन् भएको छ । साधरण सभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सदस्य तथा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शूक्रराज भण्डारीले जनताको जिवन रुपान्तरण गर्ने माध्यम सहकारी भएको बताउनु भएको छ । प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले सहकारी संस्थाले सदस्यलाई अदक्षबाट दक्ष जनशक्तिमा रुपान्तरण गराउदै उत्पादनका सम्भाबनाहरु देखाईदिनु पर्ने बताउनुभएको थियो । सहकारीका सदस्यले राज्य प्रति भर पर्नू भन्दा आफ्ना लागी आफै केही गर्नु पर्ने भावनाको विकास हुनु पर्नेमा भण्डारीले जोड दिनुभएको थियो ।
परिर्वतन कृषि सहकारी संस्थाका अध्यक्ष गुरु प्रसाद तिवारीको अध्यक्षता तथा सचिव बिना कडेल र व्यवस्थापक प्रेम तिवारीको सञ्चालनमा सम्पन् भएको साधरण सभामा तुलसीपुर नगरविकास समितीका अध्यक्ष तर्ण बहादुर खड्का , पत्रकार भरतराज शर्मा , ओम नवजागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेमराज महतरा सार्थक कृषि सहकारी संस्थाका अध्यक्ष शिव राज ठकुरी , सरस्वती प्रावि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रोम बहादुर राना समदर्सी जनकल्याण युवा क्लवका अध्यक्ष चेतमान सेजुवाल,शेयर सदस्य जसिराम खड्का लगाएतकाले बोल्नु भएको थियो ।
साधरण सभाको अवसरमा नियमित कारोवार गर्ने शेयर सदस्य शसि कुमारी कामिलाई सम्मान गरिएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष देव बहादुर खड्काले गर्नु भएको थियो ।।











