घोराही,२९ साउन ।
घोराही–१० नयाँ बसपार्कमा रहेको सेवारखोला नयाँ बसपार्क टोल विकास सस्थाले शनिवार आफ्नो नियमित सरसफाई कार्यक्रम अन्तर्गत बसपार्क क्षेत्रमा सरसफाई गरेको छ । टोल विकास सस्थाका अध्यक्ष शक्तिराम डागीको अध्यक्षता तथा राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका कार्यालय प्रमुख डा.लोकराज पराजुलीको प्रमुख आथित्यता तथा नेपाल पत्रकार महासघ दाङ शाखाका सदस्य जनक नेपालीको विशिष्ट आथित्यतामा भएको सरसफाई कार्यक्रममा  बोल्ने बक्ताहरुले सरसफाई मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले सरसफाईमा सवैले ध्यान दिनुपर्ने बताएका थिए । सरसफाई पछि भएको औपचारिक कार्यक्रममा बोल्दै राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कार्यालय प्रमुख पराजुलीले नयाँ बसपार्कलाई सफाई बनाउने नमुना बसपार्कको रुपमा चिनाउने आफ्नो समितिको समेत योजना रहेकाले टोल विकास समितिको सरसफाईको कार्यमा आफ्नो समितिले सहयोग गर्ने बताउनुभएको थियो । sarsafai समितिले यातायात व्यवसायी र यातायात मजदुरहरुलाई सरसफाईका विषयमा सजक गराउने काम गरिरहेको भन्दै आगामी दिनमा समेत बसपार्कको सरसफाईमा समितिले लाग्ने बताउनुभयो ।  त्यस्तै कार्यक्रमम बोलने अन्य बक्ताहरुले बसपार्क क्षेत्रलाई व्यवस्थीत एव पूर्ण सरसफाई बनाउनका लागि टोल विकास सस्थासँगै,बस व्यवसायी समिति,यातायात मजदुरका विचमा समन्वय आवश्यक रहेको भन्दै सवैको समन्वय भएमा बसपार्कलाई सफा र सुन्दर बनाउन सकिने बताएका थिए । त्यस्तै बक्ताहरुले बसपार्कमा क्षेत्रमा नियमित सरसफाईको काममा अघि बढाउदैटोललाई नगरमा उत्कृष्ठ टोल विकास सस्थाको रुपमा पहिचान बनाउनका सहभागीहरुले अनुरोध गर्नुभएको थियो ।

सरसफाईका क्रममा टोल विकास सस्थाका सदस्यहरुले बसपार्कमा झाडी सफाईसँगै यातायातका साधनहरु आउने फोहोर,प्लाष्टिक कागज लगायतका फोहोर संकलन गरेका थिए । संकलित फोहोर घोराही नगरपालिकाको गाडिको सहयोगमा डम्पीङ साईडमा पु¥याईने टोल विकास सस्थाका अध्यक्ष डागीले जानकारी दिनुभएको छ । टोल विकास सस्थाका कोषाध्यक्ष भागीरती भट्राईको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नेपाल पत्रकार महासघका कार्यसमिति सदस्य जनक नेपाली,नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका राप्ती अञ्चल अध्यक्ष शिवराज पन्थी,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन घोराहीका इन्चार्ज दामोदर शर्मा,टोल विकास सस्थाका सदस्य खड्ग वली लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम सञ्चालन खानेपानी सरसफाई तथा स्वच्छन्ता पत्रकार मञ्चका जिल्ला सदस्य लिलाधर वलीले गर्नुभएको थियो । सस्थाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत महिनाको पहिलो र अन्तीम शनिवार टोलमा सरसफाई गर्दै आएको टोल विकास सस्थाका सदस्य धनबहादुर रोकामगरले जानकारी दिनुभएको छ ।।