रुकुम, २९ साउन
२०७२ सालको एसएलसी परीक्षामा एक विद्यार्थीको उत्तरपुस्तिका अर्कै विद्यार्थीको उत्तरपुस्तिकामा राख्ने शिक्षकलाई कारवाहिको माग गर्दै विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । रुकुमको यमुना नन्द नमुना उच्च मावि सेरीगाउँका शिक्षक वसन्त नेपालीले विद्यार्थी सुमन केसीको उत्तरपुस्तिका मिलेश कलेलको उत्तरपुस्तिकामा मिलाएको रहष्य खुलेपछि विद्यार्थीहरुले कारवाहिको माग गरेका हुन् ।

kk

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेकपा एमाले निकट अनेरास्ववियू, विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति नेपाल निकट नयाँ शक्ति विद्यार्थी युनियनले शिक्षक नेपालीलाई कानून बमोजिम कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।।