तुलसीपुर, २९ साउन
दाङको पवननगर गाबिसमा रहेको तकियापुर खानेपानी तथा सरसफाई समितीले सम्पूर्ण उपझोताको घरमा सुधारिएको चुलो निर्माण गरिदिनुका साथै निजी धारा बितरण गर्ने जनाएको छ । समितीका अध्यक्ष ठाकुर डाँगीले शुक्रबार आफ्नो १५ औं साधारण सभामा बोल्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार पुर्ण सरसफाई कार्यक्रम अन्र्तगत उपभोक्ताहरुलाई सुधारिएको चुलो तथा धारा बितरण गर्न लागिएको हो ।
साथै साधारण सभामा समितिका संस्थापक अध्यक्ष स्व लिलाधर खत्रिको धर्मपत्ति खिमु खत्रिलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
समितीका सदस्य ज्ञान वहादुर केसीकोद स्वागत मन्तव्य बाट शूरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव निरज बस्नेतले गरेका थिए ।।











