घोराही, २९ साउन
नेपाल नेत्रज्योति सघ दाङ र लुम्बिनी आँखा अस्पताल भैरहवा बिच उत्पन्न विवादलाई समाधान गर्न शुक्रबार दाङमा छलफल भएको छ । कपिलबस्तुको कृष्णनगरमा लुम्बिनी आँखा अस्पताल भैरहवाले आखा उपचार सेवा सञ्चालन शुरु गरेपछि उत्पन्न भएको विवाद समाधान गर्न नेत्रज्योति सघ केन्दीय कार्यसमिति द्धारा गठित बिबाद समाधान टोलीले शुक्रबार घोराहीमा छलफल गरेको हो । नेपाल नेत्रज्योति सघ दाङका पदाधिकारी र सल्लाहकारहरुसग परामर्स गरेको हो ।feature सो अबसरमा बोल्ने नेत्रज्योति सघका पदाधिकारी र सल्लाहकारहरुले पहुच र जोडबल प्रयोग गर्दा सस्थाको समाजिक मर्यादा र गरिमामा आच आउने भन्दै यसतर्फ सचेत रहन आग्रह गरेका थिए ।

साथै बक्ताहरुले बिधिको मुल्य र मान्यतालाई आत्मसाथ गरि बिबाद समाधान गर्न समितिलाई सुझाब दिएका छन् ।
नेपाल नेत्रज्योति सघले बिगत १२ बर्ष देखि बहादुर गजमा आखा उपचार सेवा पु¥याउदै आएको स्मरण गर्दे नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीले बहादुर गंजमा ३ करोडको लगानिमा सुबिधा सम्पन्न आखा अस्पताल भबन निर्माणाधिन रहेको र बिशेषज्ञ सहितको सेवा प्रबाह गरेकोले लुम्बिनी आँखा अस्पताले बहादुर गंजमा बलमिचाई गर्न नहुने बताए ।

सघका सल्लाहकार ढुण्डीराज लामीछानेले सेवा प्रदान गर्नु आफैमा राम्रो भएपनि रुपन्देहीमा अस्पताल नभएको अबस्थामा बहादुर गजबाट सेवा पु¥याउछु भन्नु निति संगत नभएको बताए । सो अबसरमा सघका केन्द्रीय सदस्य भगबती शर्मा, सघका दाङ उपाध्यक्ष नेत्रमणी लामिछाने, सचिब सुरेन्द्र खड्का राप्ती आखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले राप्ती आखा अस्पतालले कानुनी रुपमा बहादुरगंजमा आखा सेवा शुरु गरेको भन्दै गैरकानुनि रुपमा सेवा प्रबाहगर्न खोज्नु दुःखको कुरा भएको बताए ।।