काठमाण्डौ, २९ साउन
सत्ता साझेदर दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्री हुने नेताको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद बिस्तार अनिश्चित वन्दै गएको छ । मन्त्रिपरिषद बिस्तारको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो । तर देउवाले आफ्नो पार्टीबाट नाम टुंगो लगाउन अझै केही दिन लाग्ने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।mantriparisad-nepal कांग्रेसबाट नाम आउन ढिलो हुने भएपछि प्रधानमन्त्रीले भोलीसम्म आफ्नो पार्टीबाट थप केहीलाई मन्त्री बनाउने तयारी गरेपनि यसको टुंगो लागेको छैन । प्रधानमन्त्रीले गएको २० गते शपथ लिएकै दिन दुई उपप्रधानमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको थियो । गएको मंगलबार राप्रपाका दुई र नेकपा संयुक्तबाट एकगरी तीन मन्त्री थपिएका छन् । तर कांग्रेस र माओवादीबाटै मन्त्री बन्नेको टुंगो लागिनसक्दा मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई अफ्ठेरो भएको छ ।

दुवै दलमा मन्त्री बन्न खोज्ने धेरै देखिएपछि नाम टुंगो लगाउन ढिलाई भएको हो । सरकारलाई समर्थन गर्ने मधेसी मोर्चा लगायतका दललाई पनि मन्त्रिपरिषदमा सहभागी गराउने दुवै दलको तयारी छ ।।