विप्लब  निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले अहिले शैक्षिक संस्थामा देखिएको  समस्यालाई समाधान गर्न दुई दिन बिद्यालय बन्दको घोषणा गरेको छ । शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न यहि श्रावन ३१ र ३२ गते  शैक्षिक आमहड्तालको घोषण गरेको क्रान्तिकारीले जनाएको छ ।

biplab-1

शिक्षामा चर्काे शुल्क वृद्धि , र शिक्षामा व्यापारीकरण बढेकाले यस्को नियणत्रण गर्न  अखिल क्रान्तिकारीले दाङमा पनि दुई दिन बिद्यालय गर्ने निर्णय गरेको छ । क्रान्तिकारी दाङका अध्यक्ष हेमन्त जिसीले को अध्यक्षतामा शुक्रबार घोराहीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।  बन्दको समयमा कुनै पनि शैक्षिक संस्था नखोल्ने क्रान्तिकारीले बिद्यालयहरुलाई आग्रह गरेको छ ।

यदि कसैले बिभिन्न बाहाना बनाई बन्दको समयमा शैक्षिक संस्था संचालन  गरेको पाईए जस्तो सुकै कार्बाही गर्न पनि अखिल क्रान्तिकारी तयार हुने अध्यक्ष जिसीले बताएका छन्  । साथै आमहडतालको पूर्व सन्ध्यामा घोराहीमा बिद्यार्थीहरुले पर्दशन गर्ने भएका छन् ।