जिल्ला प्रहरी कार्यालय दाङले मादक पदार्थ खाएर गुण्डागर्दी गर्दै हिडेका  ५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।  शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष टोलीले बाह्रकुने दह आसपासमा गुण्डागर्दी गरिरहेका ५ जनालाई पक्राउ गरेको हो ।

pakrau

पक्राउ पर्नेमा घोराही ६ का २३ बर्षीय गोबिन्द जिएम , घोराही ७ का  २३ बर्षीय बिनोद बिश्वकर्मा , घोराही १ का २३ बर्षीय दिपेन्द्र परियार , घोराही ६ का २० बर्षीय राजु परियार र रूपन्देहीको  सुर्यबुढा २ का २० बर्षीय सुनिल रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरत प्रताप सिंहले जानकारी दिए  ।

उनीहरुले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा गुण्डागर्दि तथा हुल-हुज्जत गरी प्रहरीको काममा समेत अबरोध सृजना गरेको भन्दै सार्बजनिक उपराध अन्तरगत माुद्धा दर्ता गरी आबश्यक अनुसन्धान भईरहेको सिंहले जानकारी दिए ।