दाङ, २८ साउन –
घोराही–१ सर्रास्थित किड्स ब्राइट फ्युचर बोर्डिङ स्कूलका बिद्यार्थीले आज स्थानीय गौरीशंकर मन्दीरको सरसफाई गरेका छन् । कक्षा ८, ९ र १० का ५३ जना बिद्यार्थीले मन्दिर परिसर सरसफाई गरेको बिद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष गणेशप्रसाद आचार्यले बताउनुभयो ।Temple Sanitation 1 (1)

सरसफाई कार्यक्रममा बिद्यालयका प्रिन्सिपल दिपकजंग घर्ती, शिक्षक रिजन बस्नेत लगाएतको सहभागिता थियो ।

सरसफाई कार्यक्रम सञ्चालनका लागि मन्दीर व्यवस्थापन समितिकी उपाध्यक्ष पार्वता भण्डारी, सहसचिव भिमा डाँगी र सदस्य बालिका आचार्यले सहयोग गर्नुभएको थियो ।।