देउखुरी, २८ साउन ।
वनगाउँ स्रोत केन्द्र अन्र्तगत रहेका सामुदायीक तथा संस्थागत विद्यालयहरुलाई शिक्षा ऐन २०२८ को आठौं संसोधन २०७३ अन्र्तगत विद्यालयको साईन वोर्ड, लेटर प्याट र छापा परिवर्तन गर्न दिर्नेशन दिइएको छ । जिल्ला शिक्षा कार्यालय दाङ अन्र्तगत स्रोत केन्द्र वनगाउँको आयोजनामा स्रोत केन्द्र स्तरीय विद्यालयका प्रधानाध्यापकहरु संगको वैठकमा शिक्षा ऐन आठौं शंसोधन अनुसार संरचना परिवर्तन गर्न निर्देशन दिइएको हो ।
निम्न माध्यमिक र उच्च माध्यमिक विद्यालय लेखेका विद्यालयहरुले नाम लेखीएको साईन वोर्ड परिवर्तन गर्ने भएका छन् । यसैगरी लेटर प्याड, छाप पनि परिवर्तन गर्ने तयारी गरेका हुन् ।
शिसु कक्षा देखी कक्षा ५ सम्म प्राथमिक, शिसु देखी कक्षा ८ सम्म आधारभुत र शिसु देखी कक्षा १२ सम्मका विद्यालयहरुलाई माध्यमिक तह निर्धारण गरिएको छ ।
स्रोत केन्द्र विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भुसालको अध्यक्षता एवम् विद्यालय निरिक्षक वेगम बहादुर केसीको प्रमुख आतिथ्यता तथा स्रोत ब्यक्ति रामप्रसाद जैशीको विशिष्ठ आतिथ्यमा सम्पन्न वैठकले शिक्षा मन्त्रालय शिक्षा विभाग लगाएतका निकायहरु तथा जिल्ला शिक्षा कार्यालय दाङवाट प्राप्त निर्देशनहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।।











