घोराही,२८ साउन । ब्रेन ट्यूमर विरामी त्रिपुर नगरपालिका–३ ठाटीगाउँ निवासी देवा बुढाथोकीको उपचारमा सहयोग उठ्न सुरु भएको छ । विरामीको उपचारमा सहयोग गर्नका लागि बैङ्क खता नहुदा समस्या भएको भन्ने सुझाव आएपछि आज विरामी आमा इश्वरी बुढाथोकीको नाममा हिमालय बैङ्कको घोराही शाखामा ०२४०६३२५८७००१३ नम्वर रहेको खाता खोल्नु भएको छ । विरामीको उपचारमा चार लाख भन्दा बढि रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ ।
उक्त रकम परिवारहरुसँग नहुदा उपचारमा समस्या भएका कारण छोरीको उपचारमा समस्या भएकाले उपचारमा सक्दो सहयोग गर्न आमा इश्वरी बुढाथोकीले सवैमा अनुरोध गर्नुभएको छ । ब्रेन ट्यूमरको समस्या कारण काठमाण्डौमा रहेकोे विर अस्पतालमा उपचार गराई रहनुभएकी बुढाथोकीको अवस्थाका बारेमा बुभ्mनका लागि बिरामीकी आमा इश्वरी बुढाथोकीको मोवाइल नं. ९८४७८८०३७१ र छोरी देवा बुढाथोकीको ९८०९८२५८७४ नम्वरमा समेत सम्पर्क गर्न सक्नुहुने छ ।