इन्द्रेणी संवाददाता

तुलसीपुर २८ साउन । ग्वारखोलामा आएको बाढीले बगाउँदा तीनजनाको मृत्यु भएको छ । दुईजना पुरुष र एकजना महिलालाई खोलाको बाढीले बगाएर मृत्यु भएको हो । बिहीबार दिउ“सो ग्वारखोलामा आएको बाढीले रा १ त ११४२ नम्बरको टे«क्टर बगाउ“दा त्यसमा सवार तुलसीपुर नगरपालिका १८ निवासी ५३ वर्षका जितबहादुर नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । घोराहीबाट तुलसीपुरतर्फ आउ“दै गरेको रा १ त ११४२ नम्बरको टे«क्टरलाई ग्वारखोलामा आएको वाढीले टेक्टरमा सवार नेपालीसहित थप ६ जनालाई बाढीले बगाएको थियो ।
13942617_587323451455586_1284740151_n

बाढीले बगाएकामध्ये ६ जनालाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो । प्रहरीले ट्रेक्टरमा सवार दुईजना व्यक्ति घाइते भएको र उनीहरुको उपचार राप्ती अञ्चल अस्पतालमा भईरहेको जानकारी दिएको छ । घाइते हुनेहरुमा तुलसीपुर नगरपालिका वडा नं। १५ निवासी २० वर्षका पुरन विकको अवस्था गम्भीर छ । उनको छातीमा चोट रहेको प्रहरीले बताएको छ ।    त्यस्तै तुलसीपुर नगरपालिका वडा नं। १७ निवासी २८ वर्षका चतुलाल चौधरीपनि बाढीले ट्रेक्टर बगाउ“दा घाइते भएका छन् । ट्रेक्टरका सहचालक समेत रहेका उनको घु“डामा चोट लागेको प्रहरीले जनाएको छ ।

यसैबीच तुलसीपुर–१७ खुम्खानी निवासी ७० वर्षका जुद्धबहादुर विकको पनि ग्वारखोलामा आएको बाढीले बगाउ“दा मृत्यु भएको छ । ग्वारखोलामा आएको बाढीले बगाएर बिहीवार थप एकजना महिलाको मृत्यु भएको छ । अन्दाजी ३३ बर्षीया महिलाको शव विजौरीको कुटिचौर भन्ने स्थानमा ग्वारखोलाको वाढीले बगाएर ल्याएको अवस्थामा फेला परेको ईप्रका तुलसीपुरका प्रमुख प्रसाईले बताए ।     तर यो खबर तयार पार्दासम्म मृतक महिलाको सनाखत भने हुन नसकेको प्रहरीले बताएको छ । मृतकको शवको प्रकृति हेर्दा केही दिन पहिले नै उनलाई बाढीले बगाएको हो कि भन्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।  यसैबीच पुरन्धारा–४ निवासी ५८ वर्षको लालबहादुर केसी रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।