उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज पुब अर्थ सचिबहरुसंग सुझाब लिनुभएको छ । उहालाई सचिबहरुले बिगतका आफ्ना अनुभवका आधारमा अर्थ मन्त्रालयले चाल्नुपर्ने कदमका बारेमा सुझाब दिनुभयो ।  सुझाब पछि महराले प्राप्त सुझाबलाइ अर्थ मन्त्रालय संचालन गर्नका लागि सहयोगी हुने वताउनुभयो ।

12072016022334mahara2-1000x0

मन्त्रालयमा सचिवहरु हिमालय शमसेर ज।ब।रा।, डाक्टर भेषबहादुर थापा, डाक्टर भोजराज पोखरेल, भानु प्रसाद आचार्य, युवराज भुषाल र कृष्णहरी बाँस्कोटा लगायतबाट उहाँले सुझाब लिनुभएको छ ।

महराले आफुले पूर्व अर्थमन्त्रीहरुसँग समेत छलफल गरीरहेको जानकारी दिदै सबैसँग सल्लाह गरेरै अगाडी बढ्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो । अघिल्लो सरकारले ल्याएको बजेट प्रति वर्तमान सरकार पूर्वग्राही नभएको भन्दै उहाँले म एक्लै हैन, सबैको सल्लाह लिएरनै अघि बढने बताउनुभयो ।