maiti nepalदाङ , २७ साउन । आकर्षक कमाइ हुने देशमा पठाइदिने प्रलोभन देखाएर श्रीलङ्काको कोलम्बोमा पु¥याई बन्धक बनाइएका १९ महिलाको उद्धार गरेपछि प्रहरीले बयान लिने काम गरिरहेको छ । दलालले भिजिट भिसा बनाएर श्रीलङ्का पु¥याई बन्धक बनाएका ती महिलालाई श्रीलङ्कास्थित नेपाली राजदूतावास, नेपाल प्रहरी र माइती नेपालको प्रयासमा उद्धार गरी चार दिनअघि स्वदेश फर्काइएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाअन्तर्गतको मानव बेचबिखन शाखाका अनुसार अहिले उनीहरूमध्ये सात जनाको बयान लिने काम भइसकेको छ ।  उदयपुर गाईघाटकी मनमाया दनुवार आफ्नै प्रयासमा गएको १८ गते स्वदेश फर्किएर अन्य महिलाको अवस्थाबारे माइती नेपालमार्फत सरकारलाई जानकारी गराएपछि ती महिलाको उद्धार गरिएको थियो ।   उद्धार गरिएका ती महिला हाल माइती नेपालमा आश्रय लिइरहेका र उहाँहरूको कानुनी उपचारका लागि  प्रहरीले बयान लिने कार्य जारी रहेको जनाइएको छ ।

माइती नेपालका कार्यक्रम निर्देशक विश्वराज खड्काले आफू श्रीलङ्कामा नै रहेको बेलामा यो सूचना पाएकाले ती महिलाको उद्धार छिटो गर्न सम्भव भएको जानकारी दिनुभयो मानव बेचबिखन शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० मुकुन्द मरासिनीका अनुसार इराक, कुवेत, दुबई, कतार, ओमनलगायत मुलुकमा रोजगारीका लागि पठाउने र मासिक ३० हजारदेखि डेढ लाख रुपियाँसम्म कमाइ हुने प्रलोभन देखाएर आफूहरूलाई त्यहाँ पु¥याइएको उद्धार गरिएका महिलाले प्रहरीसँगको बयानमा भनेका छन् ।

दलालले ती महिलालाई दिल्लीमा केही समय राखेर श्रीलङ्काको कोलम्बोमा पु¥याएको थियो ।  प्रहरीका अनुसार उद्धार गरिएका १८ देखि ५४ वर्ष उमेरका ती महिला उदयपुर, झापा, पाँचथर, रसुवा, रूपन्देही, चितवन, दाङ, खोटाङ र नवलपरासीलगायतका रहेका छन् ।  उनीहरूमध्ये अधिकांश सामान्य लेखपढ गर्नसक्ने र केही निरक्षर पनि छन् ।  महिलाले दिएको बयान अनुसार अधिकांश  महिलाको पासपोर्ट बनाउँदादेखि गाउँबाट काठमाडौैँ ल्याएर श्रीलङ्कासम्म पु¥याई महिनौँ राख्दा लाग्ने सम्पूर्ण खर्च दलालले गरेको पाइएको डीएसपी मरासिनीले जानकारी गराउनुभयो ।

उहाँले उद्धार गरिएका महिलाले श्रीलङ्कामा आफूहरू जस्तै थुप्रै नेपाली महिला बन्धक अवस्थामा रहेको भन्ने बयान दिएकाले त्यहाँ भएको अवस्था बुझ्नका लागि श्रीलङ्का प्रहरीसँग कुराकानी भइरहेको जानकारी गराउनुभयो ।