काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिले आज भेट गरेका छन् । महासङ्घका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेको प्रतिनिधिमण्डलले यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको हो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले पूर्वाधार विकाससँगै यातायात सेवालाई पनि गुणस्तरीय बनाउनुपर्ने भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।