SAMSUNG CSC

जनक नेपाली
दाङ, २६ साउन । रामपुरका दलित दम्पतिका लागि  नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा र अनेम संघ (क्रान्तिकारी) आवास निमार्णका लागि सहयोग गर्ने भएको छ । दुबैमोर्चाका तर्फबाट रामपुर ३ का नमबहादुर विक र आईत विकका लागि सहयोग गर्ने हो । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा र अनेम संघ (क्रान्तिकारी) दाङको बुधवार घोराहीमा बसेको संयुक्त बैठकले २० हजार बरावरको ईट्टा सहयोग गर्ने निर्णय गरेको हो ।

prakashआर्थिक अबस्था कमजोर भएका बृद्ध दम्पति ववारिसे अबस्थामा रहेको पाएपछि दुबैमोर्चाका तर्फबाट सहयोग गर्न लागेको अनेम संघ क्रान्तिकारी दाङका अध्यक्ष बालिका शर्माले वताउँनुभयो
विपन्न दलित समुदायका बृद्ध दम्पति पछिल्लो समय आवास नहुदा समस्या झेलि रहेको खवर संचार माध्यमबाट थाहा पाउदा सहयोग गर्न लागेको नेपाल राष्ट्रिय दलित मुक्तीमोर्चा दाङका अध्यक्ष जगत दलामीले वताउँनुभयो ।

मोर्चामा आवद्ध संवै सदस्यको एकदीन वरावरको खाजा खर्च कटाएर सहयोग गर्ने दलामीको भनाई छ । साथै आवास निमार्णका लागि दुबै मोचाका तर्फबाट एकदिन श्रमदान समेत गरिने अनेम संघ क्रान्तिकारी दाङका ईञ्चार्ज पुनम सेपाईलीले जानकारी दिनुभयो ।।