हर्क घर्तीमगर
लिबाङ, २५ साउन÷ रोल्पा
रोल्पाको थबाङ नाम देश तथा बिदेशमा धेरै पहिले देखि चर्चित नाम हो । थबाङले आफुलाई कुनै न कुनै हिसावले चर्चा राखि रहन्छ । पन्चायत बिरुद्ध आन्दोलन देखि लिएर संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आउदा धेरै ऐतिहासिक र परिचर्चाको काम गर्दै आएको छ । थबाङले पञ्चायतको बिरुद्धमा मत जाहेर गर्दा सेनाको अपरेशन कार्यबाहि ब्यहोर्नु प¥यो त्यसपछि विकास भएको आन्दोलन र नेपालमा चलेको १० बर्षे महान जनयुद्धको केन्द्रको रुपमा थबाङ थुप्रै रगत पसिना र बलिदानिको बाफजुत आफ्नो अदानमा अदिक रहिरह्यो ।
यस्तै गरी नेपालमा परिबर्तीत घतणा क्रम सँगै २०७२ सालमा भएको संबिधान सभाको दोस्रो निर्वाचनमा शुन्य मत जाहेर ग¥यो । उसो त संबिधान सभाको पहिलो निर्बाचनमा भने अहिले दोस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई भोट नहालेका पनि होइनन । थबाङले हरेक राजनैतिक घणता क्रममा आफ्नो सचेत सुजबुजता जनाउने गरेको छ । नेपालमा भएको दोस्रो संबिधान सभाको निर्बाचन र त्यसपछि बिकास भएको नेपालको परिस्थितिलाइ थबाङले पुरै गलत र भ्रामक हो भन्दै सधै बिरोध नै गर्दै आइरहेको छ ।
यसै क्रममा नेपाल संघियतामा प्रबेश गरीसके पछि नेपाल संघिय नेपाल बनाउन सिमाङ्कन र स्थानिय संरचना पुर्नसंरचनाको काम अगाडी बढेको सन्दर्भमा संघिय आयोग अनर्तगत स्थानिय तह पुनः संरचना प्राबिधिक तथा सहयोग समिति द्वारा प्रस्तुत रोल्पाको गाउँ तथा नगरपालिकाको खाका प्रति पुर्णरुपमा असाहमति जनाएको छ । थबांगबासीले राज्य तथा स्थानीय तहको पनुसंरचनामा थबांगलाई संरक्षित क्षेत्र बनाई स्वायत्त अधिकार दिनुपर्ने माग राख्दै सदररमुकाम लिबांग आइपुगेका छन् । स्थानीय तह पुनर्ससंचरना प्राबिधिक समितिले तयार पारेको सिंमांकनमा थबांगलाई उपेक्षित गरेको भन्दै उक्त सिमांकन आफूहरुलाई मान्य नहुने बताउँदै आएका उनिहरुले तिन बिकल्प अघि सारेका छन् ।
संरक्षित क्षेत्र र स्वायत्त अधिकार दिनुपर्ने, रोल्पा, रुकुम, बाग्लुङ र म्याग्दीका केहि गाबिसलाई समेटेर छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने र मिरुल, कुरेली, उवा, जेल्बाङ थबाङ गरि ५ गाबिसको गाउँपालिका बनाउनुपर्ने र केन्द्र थबांग नै हुनुपर्ने माग अघि सारको छन् । आमभेलामार्फत गाउँ पालिका सिमांकन पुनरावलोकन सुझाव समिति थबाङ गठन गरि जिल्लामा स्थानिय तहको संख्या तथा सिमाना निर्धारण सम्बन्धी परामर्श कार्याशाला गोष्ठीको पुर्व सन्ध्यामा पत्रकार सम्मेलनमार्फत समितिले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक जयप्रकाश रोकामगरले डोल्पा र म्याग्दी सदरमुकाम जस्ता थुप्रै आक्रमणमा पटकपटक ३÷४ सय थबांगी जनता बम र गोलि बोकेर गएको स्मरण गर्दै थबांगबासीको मर्म नबुझे परिस्थिति पेचिलो बन्ने चेतावनि दिए ।
उनले भने ः थबाङले कि त पाउँछ कि त जिल्ला नै तहस नहस बनाउँछ । उनले थपे ः २ हजारको संख्यामा आमभेलामार्फत थबांगका जनताले हामीलाई मर्न समेत तयार हुनुस् भन्दै यहाँ पठाएका छन् । त्यस्तै थबांगका अर्का बुद्धिजिबि प्रवेशकुमार रोकामगर ले अहिले पुनःसंरचनाको खाका आफूहरुको लागि पुरै अस्वीकार्य भएको भन्दै जनसंख्याको मापदण्डले पहाड र हिमाली भेगका जनतालाई अन्याय र अपमानजनक भएकोे बताए ।
रोकाले मख्यतः राजनैतिक परिवर्तन सहितको दिगो शान्ति र आर्थिक समृद्धि आफूहरुको मुल एजेण्डा रहेको स्पष्ट पार्दै अन्यथा बिद्रोहको बिकल्प नभएको पनि उल्लेख गरे । थबाङ गाउँ पालिकाको केन्द्र बन्नका बिभिन्न १३ वटा आधारहरु सहितको प्रेश विज्ञप्ति जारी गरेको छ ।।