इन्द्रेणी संवाददाता
बैशाख ८ रोल्पा
नेपाल पर्यटन पत्रकार समूह रोल्पा शाखाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले बिभिन्न एजेन्डामाथि छलफल गरि निर्णय पारित गरेको छ ।
rolpaशाखा अध्यक्ष मनिषा श्रेष्ठको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष धनिराम शर्माको उपस्थितिमा सम्पन्न बैठकले रोल्पाको पर्यटन क्षेत्रलाई ब्यबस्थि तगर्न पर्यटन सूचना केन्द्रलाई ब्यबस्थित गर्ने, पर्यटकीय सम्भावनालाई प्रचारमा ल्याउने गरि प्रोफाइल निर्माण गर्न सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।

जिल्लाको पर्यटन गुरुयोजना निर्माणका लागि समबन्धीत सबै निकायसँग छलफल गर्ने निर्णय समेत गरेको बैठकले शाखा सल्लाहकारका लागि नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सदस्य काँशिराम डाँगी, पुर्वअध्यक्ष खेम बुढा, निवर्तमान अध्यक्ष मौसम रोका बर्तमान अध्यक्ष महेश न्यौपानेलाई सल्लाकार चयन गरेको छ ।।