जाजरकोट, ८ बैशाख
जाजरकोटकी एक महिला रोग पहिचान हुन नसक्दा काठमाडौंको अस्पताल विर अस्पतालमा रोगसँग लडिरहनु भएको छ । आर्थिक अभावमा स्वास्थ्य जाँच हुन नसकेपछि बिरामी महिलाले अस्पतालको सैयामा छट्पटाइ रहनु परेको हो ।
Bir-Hospitalजिल्लाको उत्तर पूर्वमा रहेको रामीडाडाँ गाविस ३ कोटीलीकी मुनकाँरा विटालु लामो समयदेखि बिरामी परेपछि गत चैत १४ गतेदेखी काठमाण्डौंको वीर अस्पतालमा स्वास्थ्य जाँचको क्रममा भर्ना गरिएको हो  । तर उहाँलाई लागेको रोग पत्ता लाग्न नसकेको उहाँका श्रीमान बलबहादुर विटालुले जानकारी दिनुभयो ।

घरमै चार महिना थला परिसकेकी मुनकाँरा दुई वर्षकी छोरी काखमा च्यापेर वीर अस्पतालको सैयामा उपचारको पर्खाइमा छटपटाइ रहनु भएको छ  । पेट दुख्ने, पेट फुल्ने मुनकाँराका बाहिरी लक्षण हुन् ।

अस्पतालले क्यान्सर अथवा टिबि लागेको हुन सक्ने भने पनि पत्ता लगाउन अझै नसकिएको भनेको मुनकाँराका श्रीमान बिटालु बताउनुहुन्छ । ५ सन्तान भएका बिटालु दम्पत्तिलाई घरमा रहेका ४ छोराछोरी भोकभोकै पर्न थालेको चिन्ताले पनि थप सताउन थालेको छ ।।