साउदी अरबमा काम गर्न गएका नेपाली अलपत्र परेको समाचार आएपछि प्रधानमन्त्री प्रचण्डले साउदी अरबलगायतका मुलुकमा रहेका नेपाली कामदारको उद्धारका लागि पहल गर्न परराष्ट्रसचिव शंकरदास वैरागीलाई निर्देशन दिएका छन् । त्यसलगत्तै परराष्ट्र मन्त्रालयले विभिन्न दूतावासलाई उद्धार गर्नुपर्ने अवस्थाका नेपालीबारे जानकारी पठाउन निर्देशन दिएको छ ।

prachanda-800x500_c

प्रधानमन्त्री प्रचण्डले रोजगारीका लागि परदेश पुगेका नेपालीहरु कुनकुन ठाउँमा अलपत्र परेका छन् त्यसको विवरण तत्काल लिएर तिनीहरुको उद्दारका लागि तत्काल पहल गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको प्रचण्ड निकट श्रोत ले बतायो ।

साउदी अरबमा आर्थिक संकट बढेसँगै कम्पनीहरू धरासयी भएपछि कामदारहरूले समस्या खेप्न थालेका छन् । गत साता भारतले आफ्ना कामदारहरू फिर्ता गरेको छ । भारतका परराष्ट्र राज्यमन्त्री भिके सिंह साउदी अरब पुगेर भारतीयहरूलाई स्वदेश फिर्ता गरेका थिए । साउदी अरबको राजधानी रियाद र दमाम सहरमा रहेकामध्ये केही नेपाली फिर्ता भएको, केहीलाई त्यहीँ रोजगारको अर्को प्रबन्ध मिलेको र केही फर्कने कि नफर्कने भन्नेमा निर्णयमा अझै पुगिनसकेको परराष्ट्रसचिवले बताए ।