कुसुम बिक

world-popn-day-300x168सुर्खेत २५ साउन ४ वर्षको अवधिमा सुर्खेतको जनसंख्या २८ हजार ५ सय २५ ले बृद्धि भएको जनाइएको छ । २०६८ सालको राष्ट्रिय जनगणनापछि जिल्लामा २८ हजार ५ सय २५ जनसंख्या बृद्धि भएको अनुमान गरिएको तथ्याङ्क कार्यालय सुर्खेतले बताएको छ । २०६८ सालको जनसंख्या बृद्धिदर १ दशमलव ५९ लाई आधार मान्दा २०७२ साल चैत्र मसान्तसम्म सुर्खेतमा २८ हजार ५ सय २५ जनसंख्या थपिएको अनुमान गरिएको कार्यालयले वताएको हो । २०६८ सालमा ३ लाख ५० हजार ८ सय ४ रहेको जनसंख्या अहिले वढेर ३ लाख ७९ हजार ३ सय २९ पुगेको अनुमान गरिएको कार्यालयका प्रमुख लक्ष्मण कँडेलले बताउनु भयो ।