इन्द्रेणी संवाददाता
नारायणपुर, ७ वैशाख
नारायणपुर उद्योग वाणीज्य संघको आयोजनामा नारायणपुरमा भएको ‘त्रिपुर व्यापारिक, कृषी तथा पर्यटन महोत्सव २०७२’ सकीएको छ । ‘कृषी व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमुल्य योगदान’ भन्ने मूल नाराका आयोजना गरिएको महोत्सवको आज मंगलवार एक कार्यक्रमकोबीच समापन गरिएको हो । महोत्सव आयोजक मूल समितिका संयोजक एवं नारायणपुर उद्योग वाणीज्य संघका अध्यक्ष गोपालप्रसाद लम्सालको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडेको प्रमुख आतिथ्य र त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापाको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महोत्सवले त्रिपुुर नगरपालिकाको अवधारणालाई सफल बनाउनकालागी सहयोग पु¥याएको बताएका थिए ।
शवदाह गृह निर्माण गर्ने मुख्य उद्धेश्य र स्थानीय उत्पादनको बजारिकरण, स्थानीय भाषा, धर्म, साहित्य, कला परम्परागत सीप तथा संस्कृतिको संरक्षण, प्राकृतिक, संस्कृतिक, धार्मीक पर्यटकीय स्थलको प्रचारप्रसार एवं व्यवसायीक चेतना अभिवृद्धि गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महोत्सव १२ दिनसम्म सञ्चालन भएको थियो । महोत्सवमा स्थानीय उत्पादन पर्दशनीमा राखीएको थियो भने कृषकहरुलाई पारमर्श पनि गरिएको थियो । यस्तै महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रम भएको थियो । जसमा स्थानीयदेखी केन्द्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
नारायणपुर उद्योग वाणीज्य संघका उपाध्यक्ष अभियान बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला कृाषी विकास कार्यालय दाङका प्रमुख श्रीधर ज्ञवाली, संघका संस्थापक अध्यक्ष बलदेव शर्मा, नेकपा एमाले त्रिपुरका अध्यक्ष सुदन केसी, एकीकृत नेकपा माओवादीका पिताम्वर वली, नेकपा क्रान्तिकारी माओवादीका रमेश वली, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, नेकपा मालेका जिल्ला सचिव नेत्रप्रकाश पाण्डे, राप्रपा नेपालका धुव्र गौतम, राप्रपाका प्रेमबहादुर न्यौपाने, प्याब्सनका केन्द्रिय सदस्य सरिता देवकोटा, नेपाल पत्रकार महासंघ दाङका सदस्य आर।के।शीतल, जनसांस्कृतिक महासंघका जिल्ला अध्यक्ष टोपेन्द्र विष्ट, महतावा महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरी, साना किसान सहकारी संस्थाका अध्यक्ष हिरा पुन लगायतले मन्तव्य राख्नुभएको थियो । त्यस अवसरमा महोत्सव सफल बनाउनकालागी सहयोग गर्ने व्यक्ती एवं संघसंस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो भने कृषी पर्दशनीमा उत्कृष्ट हुने कृषकहरुलाई पुरस्कार प्रदान गरिएको थियो । संघका मानार्थ सदस्य माधवप्रसाद पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण महासचिव धनेश्वर आचार्यले गर्नुभएको थियो ।
धन्यवाद ज्ञापन
नारायणपुर उद्योग वाणीज्य संघले ‘त्रिपुर व्यापारिक, कृषी तथा पर्यटन महोत्सव २०७२’ सफल पार्नकालागी सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ । संघका अध्यक्ष गोपालप्रसाद लम्साल र महासचिव धनेश्वर आचार्यले आज एक विज्ञप्ती निकालेर चैत २६ गतेदेखी वैशाख ७ गते आजसम्म सञ्चालन भएको महोत्स्व सफल पार्नकालागी सहयोग गर्ने सम्पूर्ण राजनितिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, सुरक्षा निकाय, पत्रकार एवं सम्पूर्ण दर्शकहरुमा धन्यवाद दिनुभएको छ । साथै जुन उद्धेश्यले महोत्सवको प्रतिवेदन १ महिनाभित्र सार्वजनिक गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।