काठमाण्डौ, २४ साउन
नेपाल विद्यार्थी संघको बन्दसत्र प्रभावित भएको छ । प्रतिनिधि विवादका कारण आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी निुभयो ।07082016091456nebi-600x0

नेताहरुले भागबन्डा गरेर महाधिवेशन प्रतिनिधिहरु छानिएको भन्दै नेविसंघको एक समूहले असन्तुष्टि जनाएको छ । नेता कुन्दन काफ्ले नेतृत्वको समूहले विधिसम्मत ढंगले महाधिवेशन प्रतिनिधिहरु छनोट नगरिएसम्म महाधिवेशन सञ्चालन गर्न नदिने अडान लिएको छ ।

नेविसंघले प्रतिनिधि कार्ड लिनका लागि भोली बिहान ८ बजे पार्टी कार्यालय सानेपामा आफ्नो परिचयपत्र र फोटोसहित सम्पर्क गर्न पनि सबै प्रतिनिधिहरुलाई अनुरोध गरेको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आइतबार भृकुटीमण्डपमा नेविसंघको ११ औं महाधिवेशन उदघाटन गर्नुभएको थियो ।।