इन्द्रेणी संवाददाता
दाङ, २४ साउन
बिप्लव निकट अखिल क्रान्तिकारी दाङका विद्यार्थीहरुले घोराहीस्थित पद्यमोदय उच्च माविले ल्याव शुल्क लिएको भन्दै आपत्ति जनाएका छन । शैक्षिक विषयमा विद्यार्थी संगठनहरुसँग गरेको सम्झौता अनुसार कक्षा १२ को विज्ञान संकायमा ल्याव शुल्क नलिने उल्लेख भएपनि ६ हजार लिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन ।
अखिल क्रान्तिकारी प.प.न.उमावि भरतपुर मूल ईकाई समिति दिवा संकाय र विहानी संकालये संयुक्त पे्रस विज्ञप्ती जारी गर्दै उक्त ल्याव शुल्क लिने व्यवस्था हटाउन विद्यालय प्रशासनसँग माग गरेक हुन ।
विहानी संकायका अध्यक्ष प्रविण शर्मा र दिवा संकायका अध्यक्ष गोपाल रोकाले हस्ताक्षर गरेको विज्ञप्तीमा स्कुलको बसमा क्षमता भन्दा बढि विद्यार्थी वोक्ने, गाडी भाडा १० महिनाको एकैचोटी तिनुपर्ने व्यवस्था हटाई मासिक रुपमा तिर्ने व्यवस्था गर्न विद्यालय प्रशासनसंग माग गरिएको छ ।
यस्तै विज्ञप्तीमा छात्रावृत्ति उपलव्ध गराइएका विद्यार्थीवाट पनि शुल्क लिने काम गरेको, चमेना गृहमा बालश्रमिकराखेको, विद्यालय हाताभित्र व्यापारिकरण बढेको, अभिभावकले विद्यालयमा गरेका लगानीवारे स्पष्ट वुझ्ने वातवरण नभएकाले ति कुराहरु सुधान गर्न माग गरिएको छ । चमेना गृहमा काम गरिरहेका ति वालकलाइ निशुल्क पढ्न पाउने व्वस्था गर्न अखिल क्रान्तिकारीको माग छ ।।
